आजदेखि सांसद ढाकाकुमारको स्थान रिक्त हुँदै, सभामुखले जानकारी गराउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको आजदेखि स्थान रिक्त हुने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सदनमा जानकारी गराउने भएका छन् । आजको प्रतिनिधिसभाको कार्यसूचीको पहिलो बुँदामा सभामुखले दलबाट निष्काशन गरेको सूचनाको जानकारी गराउने विषय रहेको छ ।
सभामुखले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ ९१० बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५ (१) बमोजिम सभाको बैठकलाई जानकारी गराउने कार्यसूची रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सोही ऐनको दफा अनुसार पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई गत चैत ३० गते पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाँईसँग २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनीमाथि कारवाही गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण