नेयमारमाथि म्यानचेस्टर युनाइटेडको नजर
लण्डन । प्रिमियर लिग महारथी म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको क्लबसँगको पछिल्लो अवस्थाबारे चासो राखेको छ । ब्राजिलियन खेलाडी गत फेब्रुअरी १९ देखि चोटका कारण मैदानबाहिर रहेका छन् ।
१३ गोल र ११ वटा असिस्टसहित उनले यो सिजन लिग वानमा पीएसजीका लागि उत्कृष्ट सुरुवात गरेका थिए । तर फिफा विश्वकपपछि उनको फर्म खस्कियो भने उनी चोटग्रस्त बने । फ्रेन्च सञ्चारमाध्यम फुट मेरकाटोका अनुसार नेयमारलाई क्लबमा भित्र्याउन आकाङ्क्षा राख्ने केही क्लबहरूमध्येमा रहेको छ ।
नेयमारले क्लबलाई मैदानमात्र नभएर मैदानबाहिर पनि सहयोग गर्न सक्नेछन् । क्रिस्टियानो रोनाल्डोले छाडेयता युनाइटेडको ७ नम्बर जर्सी पनि खाली रहेको छ । यसका लागि नेयमार उपयुक्त पात्र हुनसक्ने बताइएको छ ।
व्यावसायिक रूपमा युनाइटेडले जर्सीको बिक्री र प्रयोजकबाट करोडौँ रकम आम्दानी गर्न सक्नेछन् । नेयमारको बिन्दास प्रवृत्ति दीर्घकालीनरुपमा एरिक टेन हागका लागि समस्या हुन सक्छन् । तर, नेयमारको सीप र क्षमतालाई कसैले नकार्न सक्दैन । अहिले उनीसँग पहिलेकै जस्तो गति नभए पनि नेयमार अहिले पनि विश्वका धेरै खेलाडीहरूभन्दा उत्कृष्ट छन् । अब युनाइटेडले नेयमारमाथि आर्थिक जोखिम मोल्छ कि मोल्दैन भन्ने चाहिँ हेर्न बाँकी छ ।
ब्राजिलियन खेलाडीले तत्कालै पीएसजी छाड्ने इच्छा देखाएका छैनन् । उनले तलबका रूपमा मोटो रकम माग गर्ने भएकाले पीएसजीबाट क्लबमा भित्र्याउन सकसपूर्ण देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण