सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेयमारमाथि म्यानचेस्टर युनाइटेडको नजर

मङ्गलबार, १२ वैशाख २०८०, १५ : ०१
मङ्गलबार, १२ वैशाख २०८०

लण्डन । प्रिमियर लिग महारथी म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको क्लबसँगको पछिल्लो अवस्थाबारे चासो राखेको छ । ब्राजिलियन खेलाडी गत फेब्रुअरी १९ देखि चोटका कारण मैदानबाहिर रहेका छन् ।

१३ गोल र ११ वटा असिस्टसहित उनले यो सिजन लिग वानमा पीएसजीका लागि उत्कृष्ट सुरुवात गरेका थिए । तर फिफा विश्वकपपछि उनको फर्म खस्कियो भने उनी चोटग्रस्त बने । फ्रेन्च सञ्चारमाध्यम फुट मेरकाटोका अनुसार नेयमारलाई क्लबमा भित्र्याउन आकाङ्क्षा राख्ने केही क्लबहरूमध्येमा रहेको छ । 

नेयमारले क्लबलाई मैदानमात्र नभएर मैदानबाहिर पनि सहयोग गर्न सक्नेछन् । क्रिस्टियानो रोनाल्डोले छाडेयता युनाइटेडको ७ नम्बर जर्सी पनि खाली रहेको छ । यसका लागि नेयमार उपयुक्त पात्र हुनसक्ने बताइएको छ । 

व्यावसायिक रूपमा युनाइटेडले जर्सीको बिक्री र प्रयोजकबाट करोडौँ रकम आम्दानी गर्न सक्नेछन् । नेयमारको बिन्दास प्रवृत्ति दीर्घकालीनरुपमा एरिक टेन हागका लागि समस्या हुन सक्छन् । तर, नेयमारको सीप र क्षमतालाई कसैले नकार्न सक्दैन । अहिले उनीसँग पहिलेकै जस्तो गति नभए पनि नेयमार अहिले पनि विश्वका धेरै खेलाडीहरूभन्दा उत्कृष्ट छन् । अब युनाइटेडले नेयमारमाथि आर्थिक जोखिम मोल्छ कि मोल्दैन भन्ने चाहिँ हेर्न बाँकी छ ।

ब्राजिलियन खेलाडीले तत्कालै पीएसजी छाड्ने इच्छा देखाएका छैनन् । उनले तलबका रूपमा मोटो रकम माग गर्ने भएकाले पीएसजीबाट क्लबमा भित्र्याउन सकसपूर्ण देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप