रघुजी पन्तको प्रश्न–भारत भ्रमणबारे सदनमा प्रधानमन्त्रीले जानकारी किन नगराएको ?
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणबारे संसदमा जानकारी नगराएको प्रति गुनासो व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले सदनमा प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउने भन्दा पनि संसदमा उनको अनुहार नै देख्न नपाएको उल्लेख गरे ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणको विषय महत्त्वपूर्ण रहेकोले त्यसबारेमा संसदभित्र छलफल हुनुपर्ने माग गरे ।
उनले भने,‘भारतसँगको सम्बन्ध हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ । त्यो सम्बन्ध सुदृढ होस्, फलदायी होस् भन्ने हाम्रो चाहना छ । भारतसँगको सम्बन्धमा इतिहासदेखि नै हामीले थुप्रै समस्या झेल्दै आएका छौँ । अहिले पनि ती समस्याहरु विद्यमान छन् । जस्तै हाम्रो स्वतन्त्रता, हाम्रो आत्मनिर्णयको अधिकार, हाम्रो आर्थिक विकास र हाम्रा विभिन्न विकास निर्माणको कामलाई प्रभावित गरिरहेको छ । भारतसँग १९५० मा भएको सम्धी ७३ वर्ष भइसक्यो । यो सम्धी फेर्नुपर्यो भनेर २८ वर्षपहिले मनमोहन अधिकारीले भारत भ्रमणको क्रममा उठाउनुभएको थियो । तर आजसम्म त्यो आलटाल भइरहेको छ ।’
यस्तै दुवै देशका प्रवृद्ध व्यक्तिहरुको समूहले बनाएको प्रतिवेदन अझै भारतले नबुझेको र त्यो बारेमा यो भ्रमणमा के हुन्छ भन्दै प्रश्न गरे । उनले भारतलाई मात्र फाइदा हुने महाकाली सन्धीपनि फेर्नका लागि आवाज उठाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण