सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रघुजी पन्तको प्रश्न–भारत भ्रमणबारे सदनमा प्रधानमन्त्रीले जानकारी किन नगराएको ?

मङ्गलबार, १२ वैशाख २०८०, १५ : ०८
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणबारे संसदमा जानकारी नगराएको प्रति गुनासो व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले सदनमा प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउने भन्दा पनि संसदमा उनको अनुहार नै देख्न नपाएको उल्लेख गरे । 

उनले प्रधानमन्त्रीको भारत भ्रमणको विषय महत्त्वपूर्ण रहेकोले त्यसबारेमा संसदभित्र छलफल हुनुपर्ने माग गरे । 

उनले भने,‘भारतसँगको सम्बन्ध हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ । त्यो सम्बन्ध सुदृढ होस्, फलदायी होस् भन्ने हाम्रो चाहना छ । भारतसँगको सम्बन्धमा इतिहासदेखि नै हामीले थुप्रै समस्या झेल्दै आएका छौँ । अहिले पनि ती समस्याहरु विद्यमान छन् । जस्तै हाम्रो स्वतन्त्रता, हाम्रो आत्मनिर्णयको अधिकार, हाम्रो आर्थिक विकास र हाम्रा विभिन्न विकास निर्माणको कामलाई प्रभावित गरिरहेको छ । भारतसँग १९५० मा भएको सम्धी ७३ वर्ष भइसक्यो । यो सम्धी फेर्नुपर्‍यो भनेर २८ वर्षपहिले मनमोहन अधिकारीले भारत भ्रमणको क्रममा उठाउनुभएको थियो । तर आजसम्म त्यो आलटाल भइरहेको छ ।’

यस्तै दुवै देशका प्रवृद्ध व्यक्तिहरुको समूहले बनाएको प्रतिवेदन अझै भारतले नबुझेको र त्यो बारेमा यो भ्रमणमा के हुन्छ भन्दै प्रश्न गरे । उनले भारतलाई मात्र फाइदा हुने महाकाली सन्धीपनि फेर्नका लागि आवाज उठाउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप