मध्यरातसम्ममा बारा–२ को मतगणना सक्ने लक्ष्य
बारा । बारा–२ को मतगणना आज मध्यरातसम्ममा सक्ने लक्ष्य लिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अब दुई स्थानीय तहका १६ वटा वडामा मतगणना हुन बाँकी रहेको छ ।
४४ वटा वडा रहेको बारा–२ मा करैयामाई, सुवर्ण र देवताल गाउँपालिकाको सम्पूर्ण वडा र कोहल्वी नगरपालिकाको वडा नम्बर ८ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।
उनका अनुसार अब महागढीमाई नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्म र पचरौता नगरपालिकाको ९ वटा गरी १५ वटा वडाहरू गणना गर्न बाकी रहेको छ ।
उनले भने, ‘अब १६ वडाको मतगणना हुन बाँकी छ । हामी अन्तिम मत परिणाम आज राति १२ बजेभित्र सार्वजनिक गर्ने गरी लागिरहेका छौँ ।’
उनका अनुसार अब २७ हजार ३३९ मत गणना गर्न बाँकी छ । हालसम्मको मत परिणाम अनुसार जसपाका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवले अग्रता फराकिलो बनाएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा बारा २ मा ६९ हजार १०७ मत खसेको थियो । बारा २ मा सोमबारदेखि मतगणना सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवश्यकताभन्दा बढी ग्यास जगेडा नराख्न उद्योगीको आग्रह
-
राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारमा सरकार प्रतिबद्ध : मन्त्री पोखरेल
-
रुपन्देहीबाट बहिनीलाई लिएर १३ वर्षीय बालक कसरी पुगे वृन्दावन ?
-
चिनियाँ कम्युनिस्ट पार्टीबाट एकता र दीर्घकालीन दृष्टिकोण सिक्नुपर्छ: जगन्नाथ खतिवडा
-
दुध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान
-
प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण