सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट

सोमबार, ११ साउन २०८३, १३ : २६
सोमबार, ११ साउन २०८३

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेबीच शीतल निवासमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको छ ।
  • आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाबारे राष्ट्रपति पौडेललाई जानकारी गराए ।
  • राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औँल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्ने र बाढी पहिरो प्रभावितको उद्धारमा समन्वय आवश्यक रहेको बताए ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा पौडेलसँग आङ्देम्बेले भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ । यसबाहेक आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढी पहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औँल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै, बाढी पहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्षबिच समन्वय र सहयोग आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप