आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल हुँदैछ  : मुख्यमन्त्री कार्की

मङ्गलबार, १२ वैशाख २०८०, १८ : ५०
मङ्गलबार, १२ वैशाख २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा वर्तमान समयमा अघोषित लोडसेडिङ्गको समस्या समाधान गर्न आफ्नो तर्फबाट तत्काल पहल सुरु गर्ने बताएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मङ्गलबार  आयोजित  कोशी प्रदेशका उद्योग सङ्घ र सङ्गठनका प्रतिनिधिहरुसँग छलफल कार्यक्रममा बोल्दै उनले  सङ्घीय ऊर्जा मन्त्रालय तथा विद्युत् प्राधिकरणका निर्देशकसँग तत्कालनै कुरा गर्ने बताए ।

उनले उद्यमीहरूले लिएको ऋणको व्याज दर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग  आफ्नो कुरा भएको स्मरण गराउँदै पुनः यस सम्बन्धमा उद्यमीहरूको टोलीसँग सङ्घीय सरकारका अर्थमन्त्री र राष्ट्र बैकका गभर्नरलाई छलफल गराउने विश्वास दिलाए ।  

उनले मुलुकले सरकारी, निजी र सहकारी क्षेत्रलाई अर्थतन्त्रको मूल आधार मानेको स्मरण गराउँदै अहिले सहकारी क्षेत्र धारासाही भएको तथा निजी क्षेत्र पनि कमजोर हुँदै गएकाले  अर्थतन्त्र कमजोर हुने अवस्थामा पुगेको बताए ।  

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप