भन्सार छलेर भारतबाट ल्याएको ८८ बोरा मकै झापामा बरामद
मङ्गलबार, १२ वैशाख २०८०, २१ : ५९
काठमाडौँ । प्रहरीले झापाको गौरिगञ्ज गाउँपालिका वडा नम्बर–२ स्थित आँपगाछीबाट मकै बरामद गरेको छ । भन्सार छलेर भारतबाट ल्याउँदै गरेको मे.१ त ७११० नम्बरको ट्रयाक्टरमा लोड गरेको ८८ बोरा मकै बरामद गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।
इलाका प्रहरी कार्यालय गौरिगञ्ज र प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी गस्ती टोलीले रोक्न खोज्दा ट्याक्टर चालक भागेका थिए । ९६ हजार ८ सय मूल्य पर्ने मकै र ४ लाख मूल्यको ट्रयाक्टर भन्सार कार्यालय काकडभिट्टा बुझाएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण