नयाँ शक्तिको नाममा नेपाललाई यूक्रेन बनाउने खेल हुँदैछ : बास्तोला
काठमाडौँ । नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन् । प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरू एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाएका हुन् ।
उनले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरू फेल भएको सङ्केत उपचुनावको परिणामले गरेको बताए । ‘एमसीसी, एसपीपीजस्ता राष्ट्रघाती परियोजना लागु गरी नेपाललाई विदेशीको खेल मैदान बनाउन शक्तिकेन्द्रहरू लागि परेका छन् । सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताकै कारण विदेशीले खेल्न पाएका हुन् । यही मौकामा विदेशीले केही नयाँ पात्र अगाडि सारेर आफ्नो वर्चस्व बढाउन लागि परेका छन्,’ बास्तोलाले भने । उनले नयाँ शक्तिको नाममा देशलाई युक्रेन बनाउन खेल सतहमा आउन थालेको दाबी समेत गरे ।
कार्यक्रममा नाटककार विजय विस्फोटले थपलियाको नाटक ‘कमरेड फिप्टी पर्सेन्ट’ अनिल बारबेको विश्व चर्चित नाटक ‘थ्याङ्क्यू मिस्टर गल्याड’ को स्तरको नाटक भएको बताए । समालोचक बद्री चौलागाईले वर्तमान राजनीतिक विश्वका विकृति र विसंगतिलाई प्रहार गरेको धारणा राखे ।
लेखक थपलियाले केही कमजोरी भएपनि पुस्तकमा आफू इमानदार भएको दाबी गरे । चरम व्यक्तिवाद हावी भएर समाज र युवा पङ्क्तिलाई रक्षानमा पुर्याउन लागेको भन्दै आफूले इमानदार भएर त्यसविरुद्ध कलम चलाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण