चलचित्र काँडेतार जस्ताको त्यस्तै प्रदर्शन गर्न नपाए अदालत जान्छु : नवल खड्का

काठमाडौँ । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले काँडेतार चलचित्रका कुनै दृश्यहरू संवाद नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डविरुद्ध अदालत जाने चेतावनी दिएका छन् । बुधवार चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै उनले सेन्सर बोर्डले चलचित्रका केही दृश्य र संवादहरू काटेर मात्रै प्रसारण गर्न भन्दै चलचित्र प्रसारणमा रोक लगाएको बताएका हुन् ।
उनले भने, ‘सेन्सर सर्टिफिकेट नउठाएको काँडेतारले पायो, कसैले त्यत्तिकै फण्डा गरिरहेको छ भन्ने किसिमको कुरा यहाँ आएपछि मैले सुनेँ, सेन्सर सर्टिफिकेट मैले पाएको छैन, सेन्सर बोर्डले सधैँको लागि चलचित्रलाई ब्यान गरेको पनि होइन । त्यहाँ केही संवाद र दृश्यहरू सुधारेर ल्याउन सुझाव दिनुभएको छ । मैले पनि कुनै पनि दृश्यहरू नकाटीकन दर्शकसँग लैजान पाउँ भनेर अपिल गरेको छु, सेन्सर बोर्डले यो अनुरोध सुनेन भने त्यसको लागि न्यायालय, अदालत छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लमिछानेविरुद्धको मुद्दा सरकारी वकिलको अध्ययनमै
-
३.४४ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम ९ अर्ब २४ करोड
-
१२ को प्रश्नपत्र बाहिरिएको होइन, भ्रामक सूचनाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड
-
विद्यार्थीसँग परीक्षा फारमको रकम उठाउने अनेरास्ववियुका नेताविरुद्ध प्रहरीमा उजुरी
-
अमेरिकामा घरमाथि प्लेन खस्यो
-
आतंकवादी हमलाको योजना बनाएको आरोपमा बेलायतमा ८ जना पक्राउ