ग्राहकको रोजाइमा एक्सप्रेस–टीका विद्युतीय ट्याक्सी
काठमाडौँ । उपत्यकाका सडकहरुमा एक्सप्रेस–टीका प्रिमियम विद्युतीय फ्लीट ट्याक्सीहरु गुड्न थालेका छन्। टाटा मोटर्सद्वारा निर्मित यी विद्युतीय ट्याक्सीहरु नविन एवं समुन्नत विशेषताहरुले सम्पन्न रहेको कम्पनीको भनाइ छ ।
यसमा २६ किलोवाटको शक्तिशाली लिथियम ब्याट्रीको प्रयोग भएको छ। यसैगरी यसमा ११० मिनेटको छोटो अवधिमै ० देखि ८० प्रतिशत चार्ज हुने प्रभावकारी चार्जिंग सकेटको व्यवस्था समेत गरिएको छ ।
भित्री र बाहिरी बनावट आकर्षकमात्र नभएर टाटा एक्सप्रेस–टीमा सुरक्षाको लागि एअर ब्याग, इबिडि सहितको एबियस लगायतका विशेषताहरु पनि छन् । घरमै १५ एम्पियरमा चार्ज गर्ने मिल्ने यसमा स्वचालित एसीको पनि व्यवस्था रहेको कम्पनीको भनाइ छ ।
एक्सप्रेस–टी हरित प्रविधिमा आधारित सवारी साधन भएकाले आर्थिक रुपले मितव्ययी एवं वातारणीय दृष्टिकोणले पूर्ण फाइदाजनक भएको बताइएको छ । टाटा एक्सप्रेस–टि सम्बन्धि सम्पूर्ण जानकारी काठमाडौँको बालकुमारीस्थित सिप्रदीको शोरुमबाट लिन सकिनेछ भने चार्जिंगका साथै गाडी मर्मत पनि बालकुमारीबाट नै गर्न सकिनेछ।
प्रिमियम विद्युतीय फ्लीट ट्याक्सीहरुका बारेमा जानकारी लिनु परेमा कम्पनिका कर्मचारी अथवा टोल फ्री नम्बरमा पनि सम्पर्क गर्न सकिनेछ। जसका लागि टोलफ्री नम्बर १६६००१५५७७७ अथवा ९८०१५७५७७७ मा निःशुल्क कल गर्न सकिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण