पौडी खेल्दा तिनाउमा डुबेर एक युवक बेपत्ता
बिहीबार, १४ वैशाख २०८०, ०९ : ०८
पाल्पा । पाल्पाको दोभानस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर पाल्पामा एक युवक बेपत्ता भएका छन् । पाल्पा प्रहरीका अनुसार बुधवार तिनाउ गाउँपालिका –३ स्थित तिनाउ खोलाको ड्याम साइडमा डुबेर युवक बेपत्ता भएका हुन् ।
बेपत्ता युवक रुपन्देही सिद्धार्थनगर नगरपालिका –८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
दिउँसो २ बजेको समयमा पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएका थिए । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण