सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध तीन वटा मुद्दा सर्वोच्चमा पुनरावेदन

बिहीबार, १४ वैशाख २०८०, १४ : ००
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध तीन वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले दायर गरेका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझाइ बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो । 

जसमा गैरकानूनी सम्पत्ति आर्जन, घुस रिसवत र नपाएको अधिकार प्रयोग  गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध यसअघि पनि दर्जनौँ मुद्दाहरु पुनरावेदन गरिसकेको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप