नालामा डुबेर महिलाको मृत्यु
बिहीबार, १४ वैशाख २०८०, १६ : ३५

कञ्चनपुर । कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास नगरपालिका–१० कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकबाट भ्रम फैलाउने युवती समातिइन्
-
गण्डकी प्रदेशले लाइसेन्स पोखरामै छाप्ने, १० करोड विनियोजन
-
गणतन्त्र र राजतन्त्र : भ्रम र यथार्थ
-
मन्त्रिपरिषद् बैठकबाट मधेस सरकारको बजेट पारित
-
गण्डकी सरकारले स्वास्थ्य, भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयका लागि कति छुट्यायो बजेट ?
-
कामबाट समयमा डेरा फर्किइनन् अञ्जना, खोज्न जाँदा भेटियो दुई जनाको शव