१९ साउनबाट ‘रोशनी’ प्रदर्शन आउने
बिहीबार, १४ वैशाख २०८०, १९ : ४३
काठमाडौँ । खुमबहादुर सुनार निर्देशित फिल्म ‘रोशनी’ अगामी साउन १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिल्म सम्पूर्ण कार्य सकाएर प्रदर्शनका लागि तयार रहेको जनाएको हो ।
प्रेमकथामा निर्माण भएको फिल्ममा कशिस दाहाल, रमेश अब्जु, नितन पल, मेनुका गिरी, कमल ज्ञवाली, सञ्जु साही, गोपाल परियार लगायतको अभिनय छ । कमल बगाले र कशिस दाहालको सह–निर्देशक रहेको फिल्म द्वन्द्व गोपाल परियार र बिर मास्टरले दिएका छन् ।
रमेश अब्जु र मिलन भारीले सहकार्यमा निर्माण गरेको फिल्ममा अरुन कु. सुनारको छायांकन र गौतम खड्क, खुम ब. सुनारको सम्पादन छ । रमेश अब्जुको कथा तथा रमेश अब्जु, निर्देशक सुनार र रघु परियारको पट्कथा, संवाद रहेको फिल्म पाल्पा, बुटवल, भैरहवा, इलाम, इटहरी र काठमाडौँमा छायाङ्कन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण