नक्कली नोटसहित ललितपुरबाट दुईजना पक्राउ
शुक्रबार, १५ वैशाख २०८०, १२ : ५५
काठमाडौँ । प्रहरीले ललितपुरको गोदावरीबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ घर भएका ३६ वर्षीय सुरेश तामाङ उर्फ जीवन र कास्कीको मादी घर भएका २१ वर्षीय भुपाल विक उर्फ सुकुटे छन् । गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित किराना पसलमा सामान किन्दा सुरेश तामाङले नक्कली नोट दिएका थिए । प्रहरीले सुरेशको साथबाट १ हजार दरको नेपाली नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान बरामद गरेको छ ।
भुपाल विकको साथबाट पाँच दरको नोट १ थान र सय दरको नोट १ थान बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । गोदावरीमा रहेको भुपालको डेरा खानतलासी गर्दा फोटोकपी र प्रिन्टर मेसिन भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण