नक्कली नोटसहित ललितपुरबाट दुईजना पक्राउ
शुक्रबार, १५ वैशाख २०८०, १२ : ५५
काठमाडौँ । प्रहरीले ललितपुरको गोदावरीबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ घर भएका ३६ वर्षीय सुरेश तामाङ उर्फ जीवन र कास्कीको मादी घर भएका २१ वर्षीय भुपाल विक उर्फ सुकुटे छन् । गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित किराना पसलमा सामान किन्दा सुरेश तामाङले नक्कली नोट दिएका थिए । प्रहरीले सुरेशको साथबाट १ हजार दरको नेपाली नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान बरामद गरेको छ ।
भुपाल विकको साथबाट पाँच दरको नोट १ थान र सय दरको नोट १ थान बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । गोदावरीमा रहेको भुपालको डेरा खानतलासी गर्दा फोटोकपी र प्रिन्टर मेसिन भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
-
बझाङको ताजा अपडेटः २३ हजार ३७३ मत गनियो, कसको कति मत ?
-
आगामी बजेटले युवालाई आशा र भरोसा जगाउनुपर्छ : उपाध्यक्ष बस्नेत
-
इलाम–२ मा एमाले र बझाङ प्रदेशसभा–१ मा कांग्रेस उम्मेदवारको अग्रता
-
६ सय परिवारका लागि लिफ्ट आयोजना
-
पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड