संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, 'नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।'
राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९ बैठक बसेको छ भने प्रतिनिधि सभामा २८ बैठक बसेको छ । जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि बजेट तयारीबारे संसदमा छलफल हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण