सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्थगित भएको प्रतिनिधिसभाको बैठक राति ८ बजे बस्ने

शुक्रबार, १५ वैशाख २०८०, १९ : ४८
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । स्थगित भएको प्रतिनिधिसभाको बैठक राति ८ बजे बस्ने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठक पुनः आधा घण्टापछि बस्ने गरी स्थगित भएको थियो । 

विशेष कारणले उक्त समयमा बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले राति ८ बजेका लागि बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ । 

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आज मिति २०८० साल वैशाख १५ गते शुक्रबार दिनको ५:१० बजे आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्द्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै साँझ ८:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा मा. सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन आजदेखि अन्त्य हुँदेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप