स्थगित भएको प्रतिनिधिसभाको बैठक राति ८ बजे बस्ने
काठमाडौँ । स्थगित भएको प्रतिनिधिसभाको बैठक राति ८ बजे बस्ने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठक पुनः आधा घण्टापछि बस्ने गरी स्थगित भएको थियो ।
विशेष कारणले उक्त समयमा बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले राति ८ बजेका लागि बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आज मिति २०८० साल वैशाख १५ गते शुक्रबार दिनको ५:१० बजे आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्द्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै साँझ ८:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा मा. सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'
संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन आजदेखि अन्त्य हुँदेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ जना उपसचिवको सरुवा, केही प्रमुख जिल्ला अधिकारी पनि फेरिए (सूची)
-
विस्थापित ४६५ परिवारलाई राहत रकम प्रदान, १५ हजार जनालाई रोजगारी
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण