बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँचथरमा एमाले अध्यक्ष ओली लक्षित मसाल जुलुस

शुक्रबार, १५ वैशाख २०८०, २० : ०९
शुक्रबार, १५ वैशाख २०८०

विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखेको विरुद्धमा आन्दोलनरत पहिचान पक्षधरले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पाँचथरको फिदिममा मसाल जुलुस निकालेका छन् । 

अध्यक्ष ओली दुई दिनदेखि पाँचथरको सदरमुकाम रहेको फिदिममै रहेका छन् । 

फिदिमस्थित चुम्लुङ हिमबाट निस्केको मसाल जुलुस शिवालय, लोकतन्त्र चोक र भानु मार्ग हुँदै गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले सांसदलाई भेडाबाख्रा सरह थुनेर जबरजस्त ‘कोशी’ पक्षमा मतदान गराएको दाबी गरे । मसाल जुलुसको नेतृत्व भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन र किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्वापोले गरेका थिए । 

पहिचान पक्षधरले शुक्रबार दिउँसो तेह्रथुमको आठराई पुगेका ओलीलाई कालो झण्डा देखाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप