आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित

शनिबार, १६ वैशाख २०८०, ०८ : ०६
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । 

नेपाल राष्ट्र बैंकको ६८ औँ वार्षिक उत्सव समारोहको अवसर पारेर गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरेको छ । 

उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०७८ ७९ भित्र बैंक तथा वित्तीय संस्थाहरू मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाल एसबिआई बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १३० एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप