नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित
शनिबार, १६ वैशाख २०८०, ०८ : ०६
काठमाडौँ । नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ ।
नेपाल राष्ट्र बैंकको ६८ औँ वार्षिक उत्सव समारोहको अवसर पारेर गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरेको छ ।
उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०७८ ७९ भित्र बैंक तथा वित्तीय संस्थाहरू मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाल एसबिआई बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १३० एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण