ईश्वरपुरका सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–३ र ११ का एक सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।
ईश्वरपुर–३ र ११ का एक सय परिवारले वर्षौंदेखि भोगचलन गर्दै आइरहेको सो गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार करिब एक सय ५० जनाको लालपुर्जा बनेकामा पहिलो चरणमा करिब एक सयलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो । नगर प्रमुख आचार्यले वडा नं १० का गाउँब्लकवासीलाई पनि छिट्टै लालपुर्जा वितरण गरिने र भूमिहीनको लगत सङ्कलनका क्रममा विवरण लिइएका नगरभित्रका सात हजार दुई सय घरधुरीलाई समेत लालपुर्जा उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए।
नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थितिमा गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण