वैशाख १७ गतेदेखि नेपाल बारले दबाबमूलक अभियान थाल्ने
काठमाडौँ । नेपाल बार एसोसिएसनले वैशाख १७ गतेदेखि एक हप्ताका लागि दबाबमूलक अभियान सुरु गर्ने भएको छ । एसोसिएसनले न्यायपालिकामा देखिएको विकृति र विसङ्गतिको अन्त्य, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न र प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने लगायतका माग राखी एक हप्ते अभियान सुरु गर्न थालेको हो । एसोसिएसनका महासचिव अधिवक्ता अन्जिता खनालले एक विज्ञप्ति जारी गर्दै वैशाख १७ गतेबाट एक हप्तासम्म प्लेकार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउने अभियानको सुरुवात गर्ने बताएकी छन् ।
उनले एसोसिएसनमा आबद्ध देशैभरका बार एकाइहरूलाई सोही बमोजिम अभियानको तयारीमा लाग्न समेत आग्रह गरेकी छन् । विज्ञप्तिमा सो अभियान सञ्चालन गर्दा सेवाग्राहीको काममा असर नपर्ने गरी सञ्चालन गर्न सबै एकाइहरूलाई सूचित गरिएको छ । एसोसिएसनले एक हप्ते अभियानका आठवटा नारा समेत तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण