भण्डारीद्वारा उपचारमा सहयोग गर्नेप्रति आभार व्यक्त
काठमाडौँ । काँग्रेस नेता एवं सांसद डा. चन्द्र भण्डारीले उपचारमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । हाल भारतमा उपचाररत डा. भण्डारी आइतबार नेपाल फर्किन लागेका हुन् ।
भण्डारीका स्वकीय सचिव बोधराज कँडेलका अनुसार भण्डारीले भारतको मुम्बईमा लैजान सहयोग गर्ने नेपाल सरकार, नेपाली कांग्रेससहित र अन्य पार्टीका नेता, काठमाण्डौंको बर्न अस्पताल कीर्तीपुर तथा भारतीय अस्पतालमा उनको उपचारमा संलग्न स्वास्थकर्मीहरु भारतमा रही विभिन्न पेशामा संलग्न नेपाली दाजुभाइ र भारतीय नेतागण, कुटनीतिज्ञ स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरु, प्रवासी संघ संस्थाहरु, परिवारका सदस्यहरु, आफन्तजनहरु, स्वास्थ्य अवस्थाको लगातार अपडेट गरिरहने विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरु सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।
ग्यास विस्फोटमा घाइते भण्डारी गत फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारतको महाराष्ट्र, मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत थिए । सो घटनामा परी भण्डारीले आफ्नी आमालाई गुमाउनु परेको थियो । सचिवालयका अनुसार अहिले भण्डारीको स्वास्थ्य क्रमिकरुपमा सुधार भैरहेको छ । अब उनको थप स्वास्थ्योपचार नेपालमा नै गरिने भएको छ । भण्डारी आइतबार करिब साढे दुई महिना पछि दिउँसो २:५५ बजे मुम्बईबाट नेपाल वायुसेवा निगमको मुम्बई- काठमाण्डौं नियमित उडानबाट नेपाल फर्कने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण