भण्डारीद्वारा उपचारमा सहयोग गर्नेप्रति आभार व्यक्त

काठमाडौँ । काँग्रेस नेता एवं सांसद डा. चन्द्र भण्डारीले उपचारमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । हाल भारतमा उपचाररत डा. भण्डारी आइतबार नेपाल फर्किन लागेका हुन् ।
भण्डारीका स्वकीय सचिव बोधराज कँडेलका अनुसार भण्डारीले भारतको मुम्बईमा लैजान सहयोग गर्ने नेपाल सरकार, नेपाली कांग्रेससहित र अन्य पार्टीका नेता, काठमाण्डौंको बर्न अस्पताल कीर्तीपुर तथा भारतीय अस्पतालमा उनको उपचारमा संलग्न स्वास्थकर्मीहरु भारतमा रही विभिन्न पेशामा संलग्न नेपाली दाजुभाइ र भारतीय नेतागण, कुटनीतिज्ञ स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरु, प्रवासी संघ संस्थाहरु, परिवारका सदस्यहरु, आफन्तजनहरु, स्वास्थ्य अवस्थाको लगातार अपडेट गरिरहने विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरु सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।
ग्यास विस्फोटमा घाइते भण्डारी गत फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारतको महाराष्ट्र, मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत थिए । सो घटनामा परी भण्डारीले आफ्नी आमालाई गुमाउनु परेको थियो । सचिवालयका अनुसार अहिले भण्डारीको स्वास्थ्य क्रमिकरुपमा सुधार भैरहेको छ । अब उनको थप स्वास्थ्योपचार नेपालमा नै गरिने भएको छ । भण्डारी आइतबार करिब साढे दुई महिना पछि दिउँसो २:५५ बजे मुम्बईबाट नेपाल वायुसेवा निगमको मुम्बई- काठमाण्डौं नियमित उडानबाट नेपाल फर्कने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलरक्षक ग्रासिया बार्सिलोनामा, विलियम्सन पनि भित्र्याउने तयारी
-
स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश
-
नेपाल क्यान मुभ विरूद्धको राजस्व चुहावट मुद्दामा तीन जनालाई १ करोड धरौटीमा छाड्न आदेश
-
नेपालको लगातार दोश्रो जित
-
आर्थिक पत्रकारका तीन वटा संस्थालाई एक/एक करोड बजेट
-
जीवन ‘सजिलो’ होइन ‘सार्थक’ बनाउने होड