ओलीमाथिको आक्रमण सङ्घीयताको दुष्परिणाम हो : केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण सङ्घीयताको दुष्परिणाम भएको टिप्पणी गरेका छन् । १ नं. प्रदेशको नामकरण ‘कोशी’ प्रदेश गरिएकोमा विरोधमा गत वैशाख १३ गते झापामा ओलीमाथि आक्रमण भएको थियो ।
सो घटनाको विरोध गर्दै केसीले ‘कोशी’ प्रदेशको नामकरणको सन्दर्भमा जातिवादीहरूको गतिविधिले राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न हुने दाबी गरेका छन् । उनले भनेका छन्, ’हाम्रो सङ्गठनले नेपालको सन्दर्भमा सङ्घीयताको विरोध गर्दै आइरहेको छ । हामीले भन्दै आइरहेका छौँ, सङ्घीयता—त्यसमा पनि जातीय सङ्घीयता—ले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ । त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै आँच पुर्याउने छ । अहिले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको त्यस्तै दुष्परिणाम हो । ‘कोशी’ प्रदेशको नामकरणको सन्दर्भमा जातिवादीहरूको यस्तो गतिविधिले राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न गर्ने भएकाले हाम्रो सङ्गठन यथाशीघ्र सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । ’
केसीले सङ्घीय संरचना स्थापना भएको ६ वर्षपछि १ नं. प्रदेशले ‘कोशी’ प्रदेशको रूपमा नाम पाएकोमा हाम्रो सङ्गठनले पहिले नै समर्थन गरिसकेको स्मरण गराएका छन् । सङ्घीयताप्रति विरोधको बाबजुद प्रशासनिक एकाइको रूपमा ‘कोशी’ प्रदेश उपयुक्त नाम रहेको उनको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण