शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीमाथिको आक्रमण सङ्घीयताको दुष्परिणाम हो : केसी

शनिबार, १६ वैशाख २०८०, १७ : १६
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण  सङ्घीयताको दुष्परिणाम भएको टिप्पणी गरेका छन् । १ नं. प्रदेशको नामकरण ‘कोशी’ प्रदेश गरिएकोमा विरोधमा गत वैशाख १३ गते झापामा ओलीमाथि आक्रमण भएको थियो ।

सो घटनाको विरोध गर्दै केसीले ‘कोशी’ प्रदेशको नामकरणको सन्दर्भमा जातिवादीहरूको गतिविधिले राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न हुने दाबी गरेका छन् । उनले भनेका छन्, ’हाम्रो सङ्गठनले नेपालको सन्दर्भमा सङ्घीयताको विरोध गर्दै आइरहेको छ । हामीले भन्दै आइरहेका छौँ, सङ्घीयता—त्यसमा पनि जातीय सङ्घीयता—ले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ । त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै आँच पुर्‍याउने छ । अहिले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको त्यस्तै दुष्परिणाम हो । ‘कोशी’ प्रदेशको नामकरणको सन्दर्भमा जातिवादीहरूको यस्तो गतिविधिले राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न गर्ने भएकाले हाम्रो सङ्गठन यथाशीघ्र सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । ’

केसीले सङ्घीय संरचना स्थापना भएको ६ वर्षपछि १ नं. प्रदेशले ‘कोशी’ प्रदेशको रूपमा नाम पाएकोमा हाम्रो सङ्गठनले पहिले नै समर्थन गरिसकेको स्मरण गराएका छन् । सङ्घीयताप्रति विरोधको बाबजुद प्रशासनिक एकाइको रूपमा ‘कोशी’ प्रदेश उपयुक्त नाम रहेको उनको ठहर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप