शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारी वर्षाका कारण ए डिभिजन लिगका खेल स्थगित

शनिबार, १६ वैशाख २०८०, १८ : ३६
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा भारी वर्षासँगै शनिवारलाई तय भएका शहीद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो । 

आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक÷एक गोल गरेका थिए । खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाबिरुद्ध अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ५५औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत  गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । ७२ औं मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ । अब दुईटोली बीच भिडन्त आइतबार हुनेछ । आइतबार ७२ मिनेटपछि खेल दशरथ रंगशालामा दिउसो ४ः३० बजेबाट सुचारु हुनेछ ।

लिग अन्तर्गत शनिबारकै अर्को खेल संकटा र जावलाखेल युथ क्लबको खेल पनि वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि रहेको थियो । ५० मिनेटको खेलपछि रोकिएको जावलाखेल र संकटाको खेल आइतबार दिउसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ । यस्तै दरशथ रंगशालामा अवेरलाई तय भएको चर्च ब्वाईज र मनाङ मस्र्याङ्दीबीचको खेल पनि स्थगित भयो । खेल आइतबार नै एन्फा कम्प्लेक्समा ३ः३० बजेबाट शुरु हुनेछ । 

343958574_2233412204087357_3850234986955136578_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप