भारी वर्षाका कारण ए डिभिजन लिगका खेल स्थगित
काठमाडौँ । काठमाडौँ उपत्यकामा भारी वर्षासँगै शनिवारलाई तय भएका शहीद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो ।
आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक÷एक गोल गरेका थिए । खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाबिरुद्ध अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ५५औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । ७२ औं मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ । अब दुईटोली बीच भिडन्त आइतबार हुनेछ । आइतबार ७२ मिनेटपछि खेल दशरथ रंगशालामा दिउसो ४ः३० बजेबाट सुचारु हुनेछ ।
लिग अन्तर्गत शनिबारकै अर्को खेल संकटा र जावलाखेल युथ क्लबको खेल पनि वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि रहेको थियो । ५० मिनेटको खेलपछि रोकिएको जावलाखेल र संकटाको खेल आइतबार दिउसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ । यस्तै दरशथ रंगशालामा अवेरलाई तय भएको चर्च ब्वाईज र मनाङ मस्र्याङ्दीबीचको खेल पनि स्थगित भयो । खेल आइतबार नै एन्फा कम्प्लेक्समा ३ः३० बजेबाट शुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण