रौतहटमा सेनाको स्वास्थ्य शिविर, ७ सय १४ जनाको नि:शुल्क उपचार
रौतहट। जिल्लामा नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ७ सय १४ जनाले निशुल्क रुपमा उपचार पाएका छन् । नेपाली सेना वीर दल गण रौतहटले आयोजना गरेको स्वास्थ्य शिविरमा उनीहरुले निशुल्क रुपमा उपचार पाएका हुन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ति आधारभूत विदालय मोतिपुरमा भएको स्वास्थ्य शिविरमा जिल्लाका उतरी भेगका विभिन्न रोगका बिरामीको निशुल्क उपचार तथा आवश्यक औषधि वितरण गरिएको हो । शिविरमा ५६ जना बालबालिका, ५९ महिला, २सय ९६ आँखा रोगी, र २ सय ३ जना जनरल ओपिडीका बिरामी गरि ७ सय १४ जनालाई उपचार गरिएको नेपाली सेना वीर दल गण रौतहटका गणपति प्रमुख सेनानी गंगाबहादुर बिष्टले जानकारी दिए ।

शिविरको उदघाटनको अवसरमा नेपाली सेनाको २८ नम्बर वाहिनीपति सानुकाजी थापा,चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काप्ले, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र ,प्रहरी उपरीक्षक वीरबहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक माधव घिमिरे, राष्ट्रिय अनुषन्धानका प्रहरी उपरीक्षक चन्दन झा सहितका कार्यालय प्रमुख तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको गणपति बिष्टले बताए ।
विहान ०७ बजे देखि शिविर सुरु भई साँझ ०५ बजे सम्म सञ्चालन भएको थियो । सो स्वास्थ्य शिविरमा चन्द्रपुर नगरपालिका, प्रादेशिक अस्पताल गौर, रेडक्रस सोसाइटी, औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितका सहयोग रहेको गणपति प्रमुख सेनानी विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण