मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा सेनाको स्वास्थ्य शिविर, ७ सय १४ जनाको नि:शुल्क उपचार

शनिबार, १६ वैशाख २०८०, २० : ३१
शनिबार, १६ वैशाख २०८०

रौतहट। जिल्लामा नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा  ७ सय १४ जनाले निशुल्क रुपमा उपचार पाएका छन् । नेपाली सेना वीर दल गण रौतहटले  आयोजना गरेको स्वास्थ्य शिविरमा  उनीहरुले निशुल्क रुपमा उपचार पाएका हुन् । 

चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ति आधारभूत विदालय मोतिपुरमा भएको स्वास्थ्य शिविरमा  जिल्लाका उतरी भेगका  विभिन्न  रोगका  बिरामीको  निशुल्क उपचार तथा आवश्यक औषधि वितरण गरिएको  हो । शिविरमा ५६ जना बालबालिका, ५९ महिला, २सय ९६ आँखा रोगी, र  २ सय ३ जना जनरल ओपिडीका बिरामी गरि ७ सय १४ जनालाई उपचार  गरिएको  नेपाली सेना वीर दल गण रौतहटका गणपति  प्रमुख सेनानी गंगाबहादुर बिष्टले जानकारी दिए ।

army-health-camp2

शिविरको उदघाटनको अवसरमा नेपाली सेनाको २८ नम्बर वाहिनीपति सानुकाजी थापा,चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काप्ले, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र ,प्रहरी उपरीक्षक वीरबहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक माधव घिमिरे, राष्ट्रिय अनुषन्धानका प्रहरी उपरीक्षक चन्दन झा सहितका कार्यालय प्रमुख तथा  स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको गणपति बिष्टले बताए ।

विहान ०७ बजे देखि शिविर  सुरु भई साँझ ०५ बजे सम्म सञ्चालन भएको थियो । सो  स्वास्थ्य शिविरमा चन्द्रपुर नगरपालिका, प्रादेशिक अस्पताल गौर, रेडक्रस सोसाइटी, औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितका सहयोग रहेको गणपति प्रमुख सेनानी विष्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप