ट्रेजरीमार्फत २७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार
आइतबार, १७ वैशाख २०८०, १० : ५९
काठमाडौँ । सरकारले ट्रेजरी बिलमार्फत २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार पुरानो ट्रेजरीसहित नयाँ ट्रेजरी जारी गर्न लागेको हो । उक्त ट्रेजरी आइतबार बोलकबोल हुँदैछ । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरु आइतबार दिउँसो ३ बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ४ अर्ब रुपैयाँ छुट्टयाइएको छ भने ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्टयाइएको छ । जसमध्ये ९१ दिने र १८२ दिने गरी ६ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी जारी गर्न लागिएको हो भने बाँकी सबै रकम पुरानो ट्रेजरीको नवीकरण गर्न लागिएको हो ।
यसअघि वैशाख ११ गते राष्ट्र बैंकले २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण