सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानले ज्यान मार्ने धम्कीबारे बोले, ‘जे हुनु छ, त्यो त भएरै छाड्छ’

आइतबार, १७ वैशाख २०८०, ११ : ०४
आइतबार, १७ वैशाख २०८०

सलमान खानले हत्याको धम्कीबारे कुरा गर्दै जे हुनु छ त्यो भएरै छोड्ने बताएका छन् । खानले एक निजी च्यानलसँगको कुराकानीमा हत्याको धम्कीपछि आफ्नो सुरक्षा व्यवस्थालाई साँच्चै नै कडा बनाइएको स्वीकार गरेका छन् । 

प्रहरीले दिएको सबै निर्देशनको पालना गर्ने कोसिसमा आफू सधैँ रहने पनि उनले बताएका छन् । 

के ‘जङ्गलको सिंह’ अब ‘पिँजडा’ मा कैद भएका हुन् त भनेर प्रश्न सोधिएको थियो । यसको जवाफमा सलमान खानले हाँस्दै भने, ‘हो सर, अब बाटोमा साइकल चलाउन, एक्लै कतै पनि जान पाइँदैन ।’

उनले भने, ‘तर त्योभन्दा बढी के भइरहेको छ भने तपाईं ट्राफिकमा हुँदा यति धेरै सुरक्षा, गाडी... यसले मानिसलाई समस्यामा पारिरहेको हुन्छ, जुन उनीहरूको अनुहारमा झल्किन्छ । बिचरा प्रशंसक...’

‘मलाई जे जति गर्न भनिएको छ, त्यो सबै गरिरहेको छु । म असाध्यै सतर्क छु,’ उनले थपे ।

आजकाल आफू जता गए पनि पुरा सुरक्षासहित जाने गरेको बताउँदै उनी भन्छन्, ‘अब मसँग धेरै नै शेरा (उनको एक बडीगार्डको नाम) हरू छन् ।’

‘स्टार बनेको छु आजकाल’

‘आजकाल म सँग सँगै यति धेरै बन्दुक अगाडि पछाडि हिँडिरहेका छन् कि आफैँलाई डर लाग्छ,’ उनले भने । 

उनले ठट्यौली पारामा भने, ‘मानिसहरूले सोच्लान् कि ‘स्टार बनेको छ आजकाल ।’

खानले हाँस्दै थपे, ‘कुनै मन्त्रीलाई साइरन बजाएर गइरहेको देख्नुभएको छ नि... मेरो अवस्था अहिले ठ्याक्कै त्यस्तै छ ।’

‘मैले उनीहरूलाई साइरनको आवाज चाहिँदैन भन्छु । ड्राइभरलाई अलि ढिलो चलाउन भन्छु । ड्राइभरलाई सतर्क रहन भनिएको छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप