सलमान खानले ज्यान मार्ने धम्कीबारे बोले, ‘जे हुनु छ, त्यो त भएरै छाड्छ’
सलमान खानले हत्याको धम्कीबारे कुरा गर्दै जे हुनु छ त्यो भएरै छोड्ने बताएका छन् । खानले एक निजी च्यानलसँगको कुराकानीमा हत्याको धम्कीपछि आफ्नो सुरक्षा व्यवस्थालाई साँच्चै नै कडा बनाइएको स्वीकार गरेका छन् ।
प्रहरीले दिएको सबै निर्देशनको पालना गर्ने कोसिसमा आफू सधैँ रहने पनि उनले बताएका छन् ।
के ‘जङ्गलको सिंह’ अब ‘पिँजडा’ मा कैद भएका हुन् त भनेर प्रश्न सोधिएको थियो । यसको जवाफमा सलमान खानले हाँस्दै भने, ‘हो सर, अब बाटोमा साइकल चलाउन, एक्लै कतै पनि जान पाइँदैन ।’
उनले भने, ‘तर त्योभन्दा बढी के भइरहेको छ भने तपाईं ट्राफिकमा हुँदा यति धेरै सुरक्षा, गाडी... यसले मानिसलाई समस्यामा पारिरहेको हुन्छ, जुन उनीहरूको अनुहारमा झल्किन्छ । बिचरा प्रशंसक...’
‘मलाई जे जति गर्न भनिएको छ, त्यो सबै गरिरहेको छु । म असाध्यै सतर्क छु,’ उनले थपे ।
आजकाल आफू जता गए पनि पुरा सुरक्षासहित जाने गरेको बताउँदै उनी भन्छन्, ‘अब मसँग धेरै नै शेरा (उनको एक बडीगार्डको नाम) हरू छन् ।’
‘स्टार बनेको छु आजकाल’
‘आजकाल म सँग सँगै यति धेरै बन्दुक अगाडि पछाडि हिँडिरहेका छन् कि आफैँलाई डर लाग्छ,’ उनले भने ।
उनले ठट्यौली पारामा भने, ‘मानिसहरूले सोच्लान् कि ‘स्टार बनेको छ आजकाल ।’
खानले हाँस्दै थपे, ‘कुनै मन्त्रीलाई साइरन बजाएर गइरहेको देख्नुभएको छ नि... मेरो अवस्था अहिले ठ्याक्कै त्यस्तै छ ।’
‘मैले उनीहरूलाई साइरनको आवाज चाहिँदैन भन्छु । ड्राइभरलाई अलि ढिलो चलाउन भन्छु । ड्राइभरलाई सतर्क रहन भनिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण