कानेपोखरी गाउँपालिकाको केन्द्र सारिने

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र सार्ने निर्णय गाउँसभाले गरेको छ । गाउँसभाको आज बसेको बैठकमा २७ जनाले केन्द्र सार्ने पक्षमा मतदान गरे भने ६ जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरेका थिए ।
पालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र वडा नम्बर–५, भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो ।
मतदानका क्रममा २७ जनाले सार्नुपर्ने पक्षमा मत दिएको गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले जानकारी दिए ।
कानेपोखरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷०७९ मा पालिकाको केन्द्र स्थापनाका लागि भन्दै भौंसाबारीमा १ बिगाहा जग्गा २ करोड ५ लाख रुपैयाँमा खरिद गरेको थियो । गाउँपालिकाले २०७८ असार २३ गते मुआब्जा निर्धारण समितिमा पेस गरेको प्रतिवेदनको आधारमा उक्त जग्गा प्रतिकठ्ठा १० लाख २५ हजारका दरले खरिद गरेको हो ।
त्यो जग्गामा पालिकाको प्रमुख प्रशासनिक केन्द्र बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भइरहेको थियो । गाउँसभाबाट केन्द्र सार्ने निर्णय भएसँगै अब यो विवाद समाधान भएको उपाध्यक्ष अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण
-
सामसङ इन्स्टा फाइनान्स अब झनै सजिलो
-
भारत सरकारको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास तथा चमेना गृह बन्ने
-
प्रिन्स पटेल बने ‘माइलेज च्याम्पियन २०२५’
-
ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण