सरकार र महावीर पुनबीच सोमबार पुनः वार्ता हुने
काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच सोमबार पनि वार्ता हुने भएको छ । आइतबार राति भएको वार्तामा कुरा नमिलेपछि सरकार र पुनबीच पुनः वार्ता हुने भएको हो । सिंहदरबारमा भएको वार्तामा सबै कुरा मिलिनसकेको पुनले बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन् : ‘आज ५ः ३० बजेदेखि ९ बजे रातिसम्म सिंहदरबारमा वार्ता भयो । भोलि ३ः ३० बजे दिउँसो फेरि वार्ता गर्ने निर्णय भयो । सबै कुरा मिलेको छैन ।’
आज दिउँसो पनि दुई पक्षबीच वार्ता भएको थियो । सो वार्तामा साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी अघि बढ्ने सहमति भएको थियो । तर साँझ भएको वार्तामा पनि कुरा मिलेन । वार्तामा सरकारका तर्फबाट उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोली सहभागी थियो ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा थालेका थिए। अन्दोलनमा समर्थन जुट्दै गएपछि पुनसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण