किसान–मजदुरको हक र अधिकारका पक्षमा सदैव प्रस्तुत हुन्छु : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले किसान मजदुरको हकहित र अधिकारका पक्षमा सदैब आफुलाई प्रस्तुत गर्ने प्रण गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शर्माले सो कुरा बताएका हुन् । कर्णालीका मेहनती श्रमिक जनसमुदाय खासगरी किसान मजदुरको पक्षमा आफुलाई अग्रसर गराउने उनको भनाइ छ ।
साथै शर्माले युवाहरुको सीप, ज्ञान, र उर्जा देश विकासमा लगाउन प्रदेश सरकार क्रियाशील रहेको पनि बताए । ‘ मुलुकमा ठुलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिने क्रम बढिरहेको छ,’ उनले भने, ‘यस्तो बेलामा स्वदेशमै रोजगारीको प्रयाप्त अवसर उपलब्ध गराई हामी आफु पनि श्रम गर्ने र अरुको श्रमको पनि सम्मान गर्ने संस्कार र संस्कृतिको विकास गरी मुलुकको श्रमशक्ति मुलुकमै उपयोग हुने आधार निर्माण गरौँ ।’
शर्माले कर्णाली प्रदेशको गरिबी विरुद्ध लड्नका लागि सम्पूर्ण कर्णालीबासी एकताबद्ध भई उत्पादन, निर्माण, उद्यम, नवप्रवर्तनको माध्यमबाट रोजगारी सिर्जना गरेर समृद्ध कर्णाली, सुखारी कर्णलीवासी बनाउने सपना साकार पार्ने वातावरणको निर्काण गर्न अपिल पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण