‘सकम्बरी’ले दुई सातामै युट्युबमा पायो २ करोड ‘भ्यूज’
काठमाडौँ । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले दुई सातामै युट्युबमा २ करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट आएको गीत पहिलो दिने देखिनै युट्युवको ट्रेन्डिङको पहिलो स्थानमा छ । गीतले ५ लाखबढी लाइक पाएको छ ।
कलाकार बन्ने सपना बोकेर सहर छिरेकी ग्रामीण युवतीको कथा गीतमा छ । गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका छन् ।
गीतको सिर्जना र कला पक्षमाथि तर्क/प्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध जारी छ । विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्यूज बटुलिरहेको छ । युट्युबमा छिटो २ करोड भ्यूज पाउनेमध्येमा सकम्बरी परेको छ ।
गीतको रचना र सङ्गीत पनि गायक सपुत आफैँले गरेका हुन् । सपुतलाई गायिका व्रता गन्धर्वले स्वरमा साथ दिएकी छन् । गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण