कानेपोखरी एमालेमा विवाद, तीन सयजना कार्यकर्ताले दिए राजीनामा
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले खरिद गरेको जग्गामा भ्रष्टाचार भएको र आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका २५० जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले राजीनामा दिएका छन् ।
यसरी राजीनामा दिनेमा नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल, गाउँ कमिटी सचिवालय सदस्य खड्गबहादुर बस्नेत, युवा नेता कुमार फुयाँल, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य डिल्ली फुयाँल, अशोक फुयाँल, ज्येष्ठ कम्युनिस्ट सदस्य मदनप्रसाद फुयाँल, संगठक युवराज दवाडी, राजकुमार बराल, पालिकाका इन्चार्ज नारायण कुमार बस्नेत, सह– इन्चार्ज भोलानाथ पराजुली, निर्वाचित वडा तथा कार्यपालिका सदस्य सुशीला श्रेष्ठ ९मुना०, राजकुमार लिम्बू, दुर्गा वि।क।लगायत ३ सय जनाले सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले पार्टी निर्णय प्रक्रियालाई बेवास्ता गर्दै एकलौटी ढंगले पद्धतिको कुनै पनि अनुसरण नगरी गाउँपालिकाले खरिद गरेको जमिनमा भएको भ्रष्टाचारको विषय सत्यतथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पुर्याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णय गरेको दाबी गरेका छन् ।
यो निर्णयले पारदर्शितामाथि प्रश्न खडा गरेको बताउँदै उनीहरुले आफ्नो नेतृत्वको पालिकाको स्थानीय सरकारलाई देश र जनताप्रति उत्तरदायी रहन आग्रह गर्दा पनि अस्वीकार गरेको जनाएका छन् । एमाले मोरङका जिल्ला सदस्य पौडेलले आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको बेथितिविरुद्ध संघर्ष गर्दै पार्टी सुदृढीकरण र जननिर्वाचित प्रतिनिधि पार्टी निर्णयको अधीनमा जनताप्रति जबाफदेही हुन सक्ने स्थिति पैदा नभएसम्मका ३ सय कार्यकर्ताहरूले पार्टीको सम्पूर्ण जिम्मेवारी र संगठित सदस्यबाट सामूहिक राजीनामा दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण