लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिँदै अङ्क बाँडे
मङ्गलबार, १९ वैशाख २०८०, ०७ : २३
काठमाडौँ । लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अङ्क बाँडेका छन् । इङ्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अङ्क बाँडेका हुन् ।
किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औँ मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए ।
लेस्टरका काल्भर्ट लेविनले २२औँ मिनेटमा गोल फर्काए पछि खेल १–१ गोलको बराबरीको अवस्थामा रहन पुग्यो । तर, जेमी भार्डीले ३३औँ मिनेटमा गोल गरेपछि लेस्टर २–१ को अग्रता लिन सफल भयो । र, पहिलो हाफ २–१ को अन्तरमा टुङ्गियो ।
दोस्रो हाफको ५४औँ मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई लेस्टरसँग बराबरीको अवस्थामा ल्याइदिए ।
यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अङ्क बटुल्दै १६औँ स्थानमा छ भने एभर्टन समान ३४ खेलबाटै २९ अङ्क बटुल्दै १९औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण