विद्युत प्राधिकरणले पायो अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरणमैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल एकरात इन्जिनियरिङ कम्पनीले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ ।
करिब ३२ लाख रुपैयाँ मूल्य रहेको ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गरे ।
जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार–गिलद्वारा उत्पादित वनस्पति तेलको प्रयोग गरी निर्माण गरिएको ट्रान्सफर्मर वातावरणमैत्री रहेको छ ।
प्राकृतिक तेलको प्रयोग भएकाले चिस्याउने क्षमता बढी हुँदा ट्रान्सफर्मरमा आगलागी हुने सम्भावना ज्यादै न्यून रहेको र स्वचालित रुपमा भोल्टेज नियन्त्रण तथा सन्तुलन कायम हुने प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
प्राधिकरण र कम्पनीबीच ट्रान्सफर्मर उत्पादन र जडानका लागि गत भदौमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्ता ट्रान्सफर्मरबाट विद्युत आपूर्तिका क्रममा भइरहने विभिन्न खालका दुर्घटना रोक्न सकिने र एउटै पोलमा समेत जडान गर्न मिल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण