बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

भारतमा गरेको उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको घोषणा

मङ्गलबार, १९ वैशाख २०८०, १२ : ३९
मङ्गलबार, १९ वैशाख २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गरेका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । 

उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रपति  पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै  भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान  (एम्स) मा उपचार भएको थियो । 

राष्ट्रपति पौडेल ११ दिन उपचार गराएर आइतबार राति स्वदेश फर्किएका थिए । उनको उपचारमा सरकारी ढुकुटीको रकम खर्च हुन नहुने भन्दै कांग्रेस महामन्त्री गगन थापाले समेत जोड दिएका थिए ।

ramchandra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप