भरतपुरलाई हरियाली बगैँचाको रुपमा विकास गर्छौँ : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई हरियाली बगैँचाको रुपमा विकास गर्न लागिएको बताएकी छन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा निर्माण भएको पार्कको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरको निर्माण चरण सकिएपछि हरियाली प्रर्वद्धन केन्द्रित हुने उल्लेख गरिन्।
प्रमुख दाहालले भरतपुर चारैतिर जंगल, दुई ठूला नदी र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएपनि थप बस्तीम हरियाली प्रर्वद्धन गरी सुन्दर बगैँचाको रुपमा विकास गर्न खोजिएको जानकारी दिइन्।
भरतपुरलाई बगैँचाको रुपमा विकास गर्न सबैभन्दा पहिले महानगरपालिका परिसरमा उदाहरणीय पार्क निर्माण गर्न लागेको जानकारी दिइन् ।
प्रमुख दाहालले भरतपुरको सरकारी कार्यालयबाट हरियाली प्रर्वद्धनको सेन्देश प्रवाह गर्न सबै कार्यालयमा यस्ता पार्क निर्माण गर्न जरुरी रहेको धारणा राखिन् ।
भरतपुरका सबै सडकको दायाँबाँया हरियाली प्रर्वद्धन हुँदा भरपतुर सुन्दर बगैँचाको रुपमा स्थापित हुने र यसलाई पर्यटनसँग जोड्न सकिने उनको भनाई थियो ।
भरतपुरका मूख्य दुई घोल केरुडगा र पुंगीलाई संरक्षण गरी हरियाली सौन्दर्यकरण गर्ने काम भईरहेकाले पनि भरतपुर हेर्न लायक सहरका रुपमा विकास भईरहेको प्रमुख दाहालले बताइन् ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा कृषि विकास बैँक रु १५ लाख र क्यान्सर सेवा समाजको साढे ३ लाखमा पार्क निर्माण गरिएको हो । करिब २ विगा क्षेत्रफलमा निर्माण गरिएको पार्कले क्यान्सर अस्पतालमा उपचारमा आउने विरामीलाई घुमघाम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
रोग निको हुन शारीरिक र मानसिक रुपमा तन्दरुस्त हुनुपर्ने भएकाले विरामीमैत्री अस्पतालको लागि पार्क निर्माण गरिएको अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण