एसीसी प्रिमियर कप
मेस्सी स्टाइलमा खेलाडीहरूको ट्रफी पोज
मङ्गलबार, १९ वैशाख २०८०, १६ : ३९
काठमाडौँ । एसीसी प्रिमियर कप उपाधि जित्दै नेपाल यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा छनोट भएको छ । मंगलबार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।
ऐतिहासिक जीतमा नेपाली क्रिकेट टोलीलाई बधाई दिने क्रम जारी रहेको छ । उता नेपाली खेलाडीहरूको खुसीयाली मनाउने क्रम पनि जारी रहेको छ । कीर्तिपुरस्थित मैदानमा प्रतियोगिताको ट्रफीसहित दर्शकसँग खुसी साटेका खेलाडीहरूले होटल पुगेपछि ट्रफीसँग फोटोसुट गरेका छन् ।
कप्तान रोहित पौडेल, सोमपाल कामी र करन केसीले ट्रफीसँगै सुतेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । यी फोटोलाई नेपाली क्रिकेट समर्थकहरुले निकै रुचाएका छन् ।
यसअघि, विश्वकप फुटबलको उपाधिसँगै सुतेर अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले खिचेको फोटो भाइरल बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण