समाचार
दार्चुलामा यार्सा खोज्न गएकाहरू हिम पहिरोमा पुरिएको आशंका
मङ्गलबार, १९ वैशाख २०८०, १६ : ४३

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा यार्सागुम्बा खोज्न गएकाहरू हिम पहिरोमा पुरिएको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ ।
दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ बोलिनमा यार्सागुम्बा खोज्न गएका अन्दाजी ८/९ जना स्थानीय बासिन्दाहरू त्रिपालमा बसिरहेको अवस्थामा मंगलबार हिम पहिरोले पुरिएको खबर आएको प्रहरीले जनाएको छ । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरु, दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली सो स्थानतर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिमा बिचौलिया र भ्रष्टाचार प्रमुख बाधक : डा.वाग्ले
-
आत्मा र पुनर्जन्म हुन्छ ?
-
अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत
-
नयाँ बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल
-
साउदी अरबका विदेशमन्त्रीद्वारा भारत र पाकिस्तानसँग छलफल
-
उपसभामुख राना बङ्गलादेश प्रस्थान