समाचार
दार्चुलामा यार्सा खोज्न गएकाहरू हिम पहिरोमा पुरिएको आशंका
मङ्गलबार, १९ वैशाख २०८०, १६ : ४३
दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा यार्सागुम्बा खोज्न गएकाहरू हिम पहिरोमा पुरिएको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ ।
दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ बोलिनमा यार्सागुम्बा खोज्न गएका अन्दाजी ८/९ जना स्थानीय बासिन्दाहरू त्रिपालमा बसिरहेको अवस्थामा मंगलबार हिम पहिरोले पुरिएको खबर आएको प्रहरीले जनाएको छ । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरु, दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली सो स्थानतर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण