गार्सिया बर्खास्त, लिड्सको प्रशिक्षकमा एलरडाइस नियुक्त
बुधबार, २० वैशाख २०८०, १६ : ४१
लण्डन । लिड्स युनाइटेडले ज्याभी गार्सियालाई बर्खास्त गर्दै साम एलरडाइसलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । लिड्स यतिबेला प्रिमियर लिगमा रेलिगेसनबाट जोगिन संघर्षरत छ ।
गार्सिया गत फेब्रुअरीमा मात्र क्लबको म्यानेजरमा नियुक्त भएका थिए । नियुक्त भएको मात्र १० हप्तामा १२ खेलको नेतृत्व लिएपछि उनी बर्खास्त भए । इंग्ल्याण्डका पूर्व म्यानेजर एलरडाइसलाई अब बाँकी चार खेलबाट १७ औँ स्थानमा रहेको लिड्सलाई रेलिगेसनबाट जोगाउनु पर्ने जिम्मेवारी रहेको छ । टोली गोलअन्तरको आधारमा मात्र सो क्षेत्रबाहिर रहेको छ । उनको नेतृत्वमा टोलीले शनिबार म्यानचेस्टर सिटीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण