समाचार
कांग्रेसका तीन जना मन्त्री नियुक्त
बुधबार, २० वैशाख २०८०, १६ : ५३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सिफारिशमा तीन मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।
तीनै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा उसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन । यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ । तर, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
गुरुङको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने
-
अब आइफोनमा पनि गुगलको ‘सर्कल टु सर्च’ फिचर
-
संघीय सरकारलाई काउन्टर : सीटीइभीटी प्रदेश सरकार मातहत राख्ने निर्णय
-
गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिन कांग्रेस तयार
-
सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या