२२ वर्षपछि स्वास्थ्य मन्त्रालयमा फर्किए मोहन बस्नेत
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत स्वास्थ्य मन्त्री बनेका छन् । सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बस्नेतले तेस्रो पटक राजकीय पद प्राप्त गरेका छन् । २०५८ मा स्वास्थ्य राज्यमन्त्री बनेका उनी २०७४ मा सञ्चार मन्त्री बनेका थिए ।
स्वास्थ्य राज्यमन्त्री बनेको २२ वर्षपछि उनी फुल मन्त्रीका रूपमा स्वाथ्य मन्त्रालयमा फर्किएका छन् । बस्नेत सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
को हुन् मोहन बस्नेत ?
सिन्धुपाल्चोकमा २०१५ सालमा जन्मिएर १४ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय बस्नेत ०३४ सालदेखि नेविसङ्घको राजनीतिमा सक्रिय रूपमा लागेका थिए । मार्सल आर्ट्सका खेलाडीसमेत रहेका बस्नेतले समाज सेवासँगै राजनीतिलाई अगाडि बढाएका थिए । ०४६ देखि पार्टी राजनीतिकमा सक्रिय बस्नेतले लामो २० वर्ष काँग्रेसको सिन्धुपाल्चोक जिल्ला नेतृत्व सम्हालेका थिए । पार्टीको १३ औँ महाधिवेशनबाट केन्द्रीय राजनीतिमा आएका उनी १४ औँ महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
यसअघि पार्टीको खेलकुद विभाग प्रमुखको जिम्मेवारी सम्हालेका बस्नेतले काँग्रेसको दैविक प्रकोप विपद् व्यवस्थापन समितिको संयोजक भएर पनि काम गरेका थिए । संसदीय राजनीतिक यात्रा पनि युवा उमेरदेखि नै थालेका बस्नेत बहुदलपछिको पहिलो आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संसद्को टिकट पाएका थिए । पहिलो निर्वाचनमा उनी एमाले उम्मेदवार अमृत बोहरासँग पराजित भए ।
त्यसपछिको मध्यावधि निर्वाचनमा भने बस्नेतले टिकट पाएनन् । तर ०५६ को चुनावमा बस्नेत क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार अमृत बोहरालाई हराउँदै पहिलो पटक सांसद भए । त्यति बेला बस्नेत स्वास्थ्य राज्यमन्त्रीसमेत भए । पहिलो संविधान सभा निर्वाचनमा बस्नेत क्षेत्र नम्बर १ मा पराजित भएका थिए । तर दोस्रो संविधानसभा निर्वाचनमा उनी एमाले उम्मेदवार अरुण नेपाललाई हराउँदै संविधान सभामा जान सफल भए । त्यसपछि उनी सूचना तथा सञ्चार मन्त्री भएका थिए ।
०७४ को निर्वाचनमा भने उनी तत्कालीन वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटासँग पराजित भए । गत निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका छन् । निडर र हक्की स्वभावका बस्नेतको सर्वसाधारण माझ समाजसेवी नेताको पहिचान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण