बक्सिङको प्रारम्भिक छनौट सम्पन्न
काठमाडौँ । आज सम्पन्न भएको महिला ५० केजी तौल समूहको फाइनल खेलमा बागमती प्रदेशकी अस्मिता दुवालले ४ः३ अङ्कको आधारमा लुम्बिनी प्रदेशकी माया के.सी.लाई पराजित गर्दै छनौट हुन सफल भइन् ।
यसैगरी महिला तर्फ ५४ केजी तौल समूहमा सशस्त्र प्रहरीकी सन्जुमाया थिङलाई ५ः० अङ्कको आधारमा नेपाल आर्मीकी मिनु गुरुङले जित हासिल गर्दै छनौट हुन सफल भएकी छिन् ।
महिला तर्फ ५७ केजी तौल समूहमा सशस्त्र प्रहरीकी निता गोसाईलाई ५ः० अङ्कको आधारमा नेपाल आर्मीकी चन्द्रकला थापाले जित हासिल गर्दै छनौट हुन सफल भएकी छिन् ।
त्यसै गरी ६० केजी तौल समूहमा सशस्त्र प्रहरीकी शर्मिला तामाङलाई आरएसि–आईको आधारमा नेपाल आर्मीकी वर्षा श्रेष्ठले जित हासिल गर्दै छनौट हुन सफल भएकी छिन् ।
६६ केजी तौल समूहमा सशस्त्र प्रहरीकी माया चौधरीलाई ५ः० अङ्कको आधारमा नेपाल आर्मीकी निरु गुरुङले जित हासिल गर्दै छनौट भइन् ।
त्यसै गरी महिला ७५ केजी तौल समूहमा नेपाल आर्मीकी संगिता दङ्गाललाई ४ः३ अङ्कको आधारमा सशस्त्र प्रहरीकी मनिता राईले जित हासिल गर्दै छनौट भइन् ।
पुरुष तर्फ ५१ केजी तौल समूहमा नेपाल प्रहरीका चन्द्र बहादुर थापालाई ४ः३ अङ्कको आधारमा नेपाल आर्मीका सुशील थापाले जित हासिल गर्दै छनौट भए । भने ५७ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी पुरन सुनुवारलाई ५ः० अङ्कको आधारमा बागमती प्रदेश (ज्द्दइ) का बुद्ध ग्याम्जो लामाले जित हासिल गर्दै छनौट भए ।
त्यसै गरी पुरुष ६३.५ केजी तौल समूहमा बागमती प्रदेश मकवानपुरका खेलाडी सोहन राईलाई ४ः१ अङ्कको आधारमा बागमती प्रदेश (जिनेक्श) का खेलाडी मौसम रानामगरले जित हासिल गर्दै छनौट भए । भने ७१ केजी तौल समूहमा लुम्बिनीका विकास रानामगरलाई आरएससीको आधारमा नेपाल आर्मीका खेलाडी दीपेश लामाले जित हासिल गर्दै छनौट भए ।
पुरुष ८० केजी तौल समूहमा सशस्त्र प्रहरीका खेलाडी सशस्त्र प्रहरीका खेलाडी सुमन कार्कीलाई के ओ का आधारमा नेपाल आर्मीका खेलाडी दीपक श्रेष्ठ छनौट भए । भने ९२ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी महेन्द्र केसी लाई ५ः० अङ्कको आधारमा गण्डकी प्रदेशका खेलाडी दीपक सुनारले जित हासिल गर्दै छनौट भए भने ९२+ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी आशिष दुवाडी छनौट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण