आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बक्सिङको प्रारम्भिक छनौट सम्पन्न

बुधबार, २० वैशाख २०८०, २० : २९
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । आज सम्पन्न भएको महिला ५० केजी तौल समूहको फाइनल खेलमा बागमती प्रदेशकी अस्मिता दुवालले ४ः३ अङ्कको आधारमा लुम्बिनी प्रदेशकी माया के.सी.लाई पराजित गर्दै छनौट हुन सफल भइन् ।

यसैगरी महिला तर्फ ५४ केजी तौल समूहमा सशस्त्र प्रहरीकी सन्जुमाया थिङलाई ५ः० अङ्कको आधारमा नेपाल आर्मीकी मिनु गुरुङले जित हासिल गर्दै छनौट हुन सफल भएकी छिन् ।

महिला तर्फ ५७ केजी तौल समूहमा सशस्त्र प्रहरीकी निता गोसाईलाई ५ः० अङ्कको आधारमा नेपाल आर्मीकी चन्द्रकला थापाले जित हासिल गर्दै छनौट हुन सफल भएकी छिन् ।

त्यसै गरी ६० केजी तौल समूहमा सशस्त्र प्रहरीकी शर्मिला तामाङलाई आरएसि–आईको आधारमा नेपाल आर्मीकी वर्षा श्रेष्ठले जित हासिल गर्दै छनौट हुन सफल भएकी छिन् ।

६६ केजी तौल समूहमा सशस्त्र प्रहरीकी माया चौधरीलाई ५ः० अङ्कको आधारमा नेपाल आर्मीकी निरु गुरुङले जित हासिल गर्दै छनौट भइन् ।

त्यसै गरी महिला ७५ केजी तौल समूहमा नेपाल आर्मीकी संगिता दङ्गाललाई ४ः३ अङ्कको आधारमा सशस्त्र प्रहरीकी मनिता राईले जित हासिल गर्दै छनौट भइन् ।

पुरुष तर्फ ५१ केजी तौल समूहमा नेपाल प्रहरीका चन्द्र बहादुर थापालाई ४ः३ अङ्कको आधारमा नेपाल आर्मीका सुशील थापाले जित हासिल गर्दै छनौट भए । भने ५७ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी  पुरन सुनुवारलाई ५ः० अङ्कको आधारमा बागमती प्रदेश (ज्द्दइ) का बुद्ध ग्याम्जो लामाले जित हासिल गर्दै छनौट भए ।

त्यसै गरी पुरुष ६३.५ केजी तौल समूहमा बागमती प्रदेश मकवानपुरका खेलाडी सोहन राईलाई ४ः१ अङ्कको आधारमा बागमती प्रदेश (जिनेक्श) का खेलाडी मौसम रानामगरले जित हासिल गर्दै छनौट भए । भने ७१ केजी तौल समूहमा लुम्बिनीका विकास रानामगरलाई आरएससीको आधारमा नेपाल आर्मीका खेलाडी दीपेश लामाले जित हासिल गर्दै छनौट भए ।

पुरुष ८० केजी तौल समूहमा सशस्त्र प्रहरीका खेलाडी सशस्त्र प्रहरीका खेलाडी सुमन कार्कीलाई के ओ का आधारमा नेपाल आर्मीका खेलाडी दीपक श्रेष्ठ छनौट भए । भने  ९२ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी महेन्द्र केसी लाई ५ः० अङ्कको आधारमा गण्डकी प्रदेशका खेलाडी  दीपक सुनारले जित हासिल गर्दै छनौट भए भने ९२+ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी आशिष दुवाडी छनौट भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप