प्रदेश तथा स्थानीय तहका कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु
काठमाडौँ । प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ । राष्ट्रिय किताबखाना (निजामती) र बागमती प्रदेश सरकारबीच आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारीअनुसार यस्तो व्यवस्था गर्न लागिएको हो ।
सङ्घीयता कार्यान्वयन तथा कर्मचारी समायोजनको महत्त्वपूर्ण विषयका रूपमा थाँती रहेको प्रदेश किताबखानाको अवधारणाले अब मूर्तरूप पाउने राष्ट्रिय किताबखाना (निजामती) का प्रमुख तथा महानिर्देशक डा.टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार यससँगै व्यक्तिगत विवरण राख्न नसकिएका हजारौँ कर्मचारीको विवरण पनि अब अद्यावधिक हुने भएको छ ।
उक्त समझदारीपत्र आदानप्रदान कार्यक्रममा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले प्रदेशमा रहेका तथा स्थानीय तहमा खटिएका कर्मचारीको व्यक्तिगत विवरण प्रदेशले राख्ने व्यवस्थाले सङ्घीयता कार्यान्वयनको एक चरण पूरा भएको बताए । उनले कर्मचारी व्यवस्थापनका बाँकी काम क्रमशः पूरा गरिँदै जाने जानकारी दिए ।
बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले प्रदेश व्यक्तिगत अभिलेख प्रभावकारी ढङ्गले राखिने र अन्य प्रदेशलाई समेत उदाहरणीय कार्य गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । समझदारीपत्रमा राष्ट्रिय किताबखानाका महानिर्देशक डा.पाण्डे र प्रदेश सचिव निश्चलराज पाण्डेले हस्ताक्षर गरेका थिए ।
हाल निजामती सेवामा कम्तीमा पनि ९० हजार कर्मचारी कार्यरत रहेको जनाइएको छ । तीमध्ये प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा पछि पदपूर्ति भएका झण्डै २५ हजार कर्मचारी रहेका छन् । राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डेका अनुसार अब क्रमशः सबै प्रदेशलाई प्रदेश ‘पिआइएस पोर्टल’ हस्तान्तरण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण