काठमाडौँमा दुई नयाँ नाटक
काठमाडौँ । गत शुक्रबारदेखि थापागाउँस्थित मण्डला नाटकघरमा साङ्गीतिक नृत्यनाटिका ‘जुनः मोर द्यान अ फेयरी टेल’ र सिनामङ्गलमा रहेको पुरानो घरमा ‘चे इज ब्याक’ मञ्चन भइरहेको छ । मञ्चन भइरहेको दुई नयाँ नाटकले राम्रो प्रतिक्रिया पाइरहेका छन् । परिकल्पनाकार तथा निर्देशक नम्रता केसी रहेको साङ्गीतिक नृत्यनाटिका ‘जुनः मोर द्यान अ फेयरी टेल’ २४ वैशाखसम्म चल्ने जनाइएको छ ।
नाटिकामा मृणल श्रेष्ठ, प्रनेश श्रेष्ठ, मनिषा बस्नेत, मेलिशा घिमिरे, निकोल श्रेया तामाङ, गणेश श्रेष्ठ, अनु गौतम, कुन्ती सिमली, रिज्वन थापा, अनिश पुडासैनी, ज्ञानु लामा, अनमी बोहोरा, प्रियङ्का चम्लागाईं, दिलशा गुरुङ, शर्मिष्ठा दास, सुजता दास, सृष्टि दास र दृष्टि दाहालको अभिनय छ । सानै उमेरमा आमा गुमाएपछि सौतेनी आमा र दुई बहिनीसँग बस्दै आएकी जुनसामु नयाँ घर बसाउनुपर्ने बाध्यता साथै उनले आफ्नो रुचि र सपनासँग सम्झौता गर्नुपर्ने परिस्थितिलाई नाटिकामा देखाइएको छ ।
सिनामङ्गलस्थित पुरानो घरमा पारिवारिक कथावस्तुमा तयार पारिएको ‘चे इज ब्याक’ मञ्चन भइरहेको छ । जेठ ७ गतेसम्म चल्ने नाटकलाई निर्देशन कुन्दन चौधरी गरेका हुन् भने यसमा सुलक्षण भारतीको लेखन रहेको छ । नाटकमा अरुण पौडेल, रितेश कार्की, निशा दाहाल, मोनाली डङ्गोल, जयराम ढकाल, शिशिर गिरी, अर्विन्दकुमार मौर्य, प्रवीण खरेल, रौनक कार्कीलगायत गरेका छन् ।
“मानिस भूत, वर्तमान र भविष्यमा विचरण गर्ने भएकाले यस्तै कल्पनाको दैरानमा भेटिएको मिठो सपनालाई ‘चे इज ब्याक’ले उतारेको छ”, निर्देशक चौधरीले भने । नाटकलाई दर्शकले रुचाउने पुरानो घर थिएटरको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण