सलाहले जिताए लिभरपुललाई
बिहीबार, २१ वैशाख २०८०, ०८ : ०९
काठमाडौं । जारी सिजनको इङ्लिस प्रिमियर लिगमा खासै गतिलो प्रदर्शन गर्न नसकेको लिभरपुलले आफ्नो पछिल्लो खेलमा भने सफलता हात पारेको छ । लिभरपुलले बुधबार राति खेलिएको खेलमा फुलहाममाथि १-० गोलको रोमाञ्चक जित हासिल ग-यो ।
घरेलु मैदानमा लिभरपुलको जितमा मोहमद सलाह नायक बने । प्रतिस्पर्धात्मक खेलमा लिभरपुललाई जित दिलाउन सलाहले निर्णायक गोल गरे । इजिप्टका ३० वर्षीय स्ट्राइकर सलाहले निर्धारित समयको ३९औं मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
उक्त जितसँगै लिभरपुल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । हालसम्म ३४ खेल खेलेको लिभरपुलले ५९ अंक जोडेको छ । फुलहाम भने समान खेलबाट ४५ अंक जोडेर तालिकाको १० औं स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण