बिहीबार नै रिलिज भयो ‘ज्याकी आई एम ट्वान्टी वान’
काठमाडौँ । फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान’ आज बिहीबारदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । अक्सर नेपाली फिल्म शुक्रवार रिलिज हुने नियम भएपछि यो फिल्म भने एक दिन अगाडि नै प्रदर्शनमा आएको हो ।
फिल्मको नाम ‘ज्याकी आई एम ट्वान्टी वान’ भएकोले २१ गते नै प्रदर्शनमा ल्याइएको निर्माण युनिटले जनाएको छ । फिल्म नियमित रिलिज परम्परा अन्र्तगत नै एक दिन अगाडि प्रदर्शनमा ल्याइएको हो । शुक्रवार पनि यो मात्र फिल्म रिलिज हुने भएकोले एक दिन अगाडि ल्याउन सहज भएको उनले सुनाइन् ।
फिल्मको मंगलबार काठमाडौँको आइ प्लेक्स मलस्थित वान सिनेमाज्मा प्रिमिएर समेत गरिएको थियो । फिल्मीकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको प्रिमिएरमा सबैले फिल्मको प्रशंसा गरेका थिए । प्रिमिएरमा निर्देशक प्रदीप भट्टराई, प्रियङ्का कार्की, शिल्पा मास्के, अना शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, केकी अधिकारी र रीमा विश्वकर्मा लगायतले फिल्मको तारिफ गरेका थिए ।
२ घण्टा २० मिनेट लामो फिल्मले नृत्यलाई कथाको रूपमा उठाएको छ । फिल्ममा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण