आईसीसी वरीयतामा फखरको छलाङ
बिहीबार, २१ वैशाख २०८०, १२ : ०८
काठमाडौँ । पाकिस्तानका ओपनर फखर जमान आठ स्थान माथि उक्लिँदै आईसीसी एकदिवसीय ब्याटिङको वरीयतामा करियरकै उत्कृष्ट दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि पाकिस्तानकै कप्तान बाबर आजम रहेका छन् ।
न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृङ्खलामा जमानले रावलपिन्डीमा लगातार शतक बनाएका थिए । दुई खेलमा कप्तान बाबरले क्रमशः ४९ र ६५ रन बनाएका थिए । पहिलो एकदिवसीयमा २ सय ८९ रन पछ्याउने क्रममा फखरले १ सय १७ रन बनाएका थिए भने दोस्रो खेलमा उनले १ सय ८० रन बनाउँदा पाकिस्तानले ३ सय ३७ रन सफलतापूर्वक पछ्याएको थियो ।
यसअघि सन् २०२१ को अप्रिलमा उनी वरीयताको सातौँ स्थानसम्म पुगेका थिए । फखर दोस्रो स्थानमा उक्लिँदा दक्षिण अफ्रिका रासी भान डर डुसेन तेस्रो स्थानमा खस्किएका छन् भने भारतका शुभमन गिल चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण