नेपालगञ्जमा लोडसेडिङ हुँदा मारमा उपभोक्ता
बाँके । नेपालगञ्जमा अघोषितरूपमा पटकपटक लोडसेडिङ हुँदा उपभोक्ता समस्यामा परेका छन् । दिउँसोको समयमा विकास निर्माणका काममा पोल तथा तार सार्दा विद्युत् कटौती हुने गरेको विद्युत् प्राधिकरणले जनाए पनि रातिको समयमा समेत विद्युत् कटौती हुँदा उपभोक्ता मारमा पर्ने गरेका हुन् ।
विद्युत् अनियमित हुँदा सबैभन्दा बढी उद्योगलाई असर परेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले विद्युत् कटौती बढ्दै गएमा सङ्घ आन्दोलनमा उत्रिने चेतावनी दिए । “हावाहुरीका कारण कहिलेकाहीँ विद्युत् कटौती हुनु स्वभाविक मान्न सकिएला तर पटकपटक जानकारी बिना नै हुने कटौतीले उद्योगमा धेरै मार परेको छ । त्यसो भइरहे हामी सहेर बस्दैनौँ”, उनले भने ।
प्राधिकरणको नेपालगञ्जस्थित लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख इ.हरिप्रसाद पाण्डेले यहाँ विद्युत्को स्रोत टनकपुरबाट मात्रै आउने भएकाले समस्या हुने गरेको बताए । आपूर्तिकै कारण हुने कटौतीमा आफूहरुले केही गर्न नसक्ने भए पनि स्थानीय वितरणमा आउने समस्या समाधानका लागि भने प्रयास गरिरहेको उनको भनाइ थियो ।
नेपालगञ्जमा १६ र आठ एमभिएका दुईवटा गरी २४ एमभिएका ट्रान्सफर्मर रहेकामा बसपार्कमा एउटा आठ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गरिएको प्रमुख पाण्डेले बताए। केही दिनअघि जडान गरिएको नयाँ ट्रान्सफर्मरबाट दुईवटा फिडर पनि निकालेर विद्युत् वितरण गर्न थालिएको र यसले ट्रान्सफर्मरमा ओभरलोड भएर हुने विद्युत् कटौती कम गर्ने अपेक्षा गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण