राजनीति
तीन मन्त्रीको शपथअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री
बिहीबार, २१ वैशाख २०८०, १४ : १९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
भारतबाट उपचार गरेर फर्किएका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्डले पहिलो पटक शीतल निवासमा पुगेका हुन् ।
नवनियुक्त मन्त्रीको शपथअघि शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लगेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘प्रधानमन्त्रीज्यू राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था बुझ्न आउनु भएको थियो । अहिले फर्किसक्नु भएको छ ।’
आज दिउँसो तीन बजेट कांग्रेसबाट मन्त्री बनेका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण