एक्स रे मा जब शरीर भरी देखियो जुकाको अण्डा
ब्राजिलका एक डाक्टरले आफ्नो सोसल मिडियामा एउटा एक्स–रे सार्वजनिक गरेका छन् । एक्स रे कस्तो थियो भने एक जना व्यक्तिको शरीर भरी जुका (टेपवर्म) को अण्डा देखिएको छ । त्यो पनि क्याल्सिफाइड (ढुङ्गाजस्तो) अवस्थामा ।
साओ पाउलोस्थित हस्पिटल दास क्लिनिकास इन बाटुकाटुका डाक्टर भिटोर बोरिन डे साउजाले अघिल्लो हप्ता एक जना बिरामीको एक्स रे ट्विटरमा पोस्ट गरे । उनले आफ्ना फलोअर्सलाई उक्त तस्बिरमार्फत जुकाको सङ्क्रमण कतिसम्म भयानक हुनसक्छ भनेर देखाउन खोजेका थिए । डाक्टरका अनुसार उनको शरीरको मध्य भाग र पाखुरामा देखिएको सेतो स–साना दाग जुकाको क्याल्सिफाइड अण्डा हो ।
तर एक्स रे जति भयानक देखिएको छ, त्यसको जोखिम भने खासै नभएको ती डाक्टर बताउँछन् । लगातार खोकी लागेर जँचाउन गएका ती बिरामीलाई ती अण्डाबाट खासै समस्या छैन किनभने ती सबै ढुङ्गा जस्तै भइसकेका छन् । यी अण्डाले ती व्यक्तिको स्वास्थ्यमा खासै समस्या निम्त्याउने नभए पनि यसले ब्राजिलको सोसल मिडियामा भने धेरै नै चर्चा बटुल्यो ।
‘यी अण्डा ढुङ्गाजस्ता भइसकेका छन् । यदि यसले केही असुविधा निम्त्याएन भने जीवन मज्जाले चल्छ,’ डा. डे साउजाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण